आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित


  • समाचार कुञ्ज
  • २०८१ मंसिर २९, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपुर । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित भएका छन्।

    सिग्देल ६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी घनश्याम बगालेले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    यस्तै, उपाध्यक्षमा शालिकराम कोइराला,सचिवमा चोलाकान्त रेग्मी, सहसचिव समावेशीमा ज्ञानु पंगेनी निर्वाचित भएका छन् ।

    सदस्यमा माया कँडेल, निशा भण्डारी,अजय पौडेल,राजु चापागाई,खगेन्द्र पराजुली,लोकनाथ पंगेनी र खेमनारायण महतो निर्वाचित भएका छन्।

    यसअघि महासंघको महिला उपाध्यक्षमा धनु भुसाल, कोषाध्यक्षमा असिफ गुरुङ,सहसचिवमा सञ्जय भट्टराई निविरोध निवार्चित भएका छन् ।

    त्यसैगरी, महिला सदस्यमा राधिका भुसाल, दलित सदस्यमा राम सुनार, अल्पसंख्यक सदस्यमा प्रिमत भुजेल र जनजाति सदस्यमा पूजा गुरुङ सर्वसम्मत भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट