
समाचार कुञ्ज ललितपुर । रोटरी क्लब अफ पाटन वेस्टको ३० औं चार्टर्ड डे को अवसरमा नेपाली रक्तदाता संघ नेपालको संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा जम्मा भएको २५ युनिट स्टार अस्पताल ब्लड ट्रान्सफिउजन सर्भिस सेन्टरलाई रगत हस्तान्तरण गर्दै कार्यक्रमका संयोजक तथा नेपाली रक्तदाता संघ नेपालका अध्यक्ष कृष्ण देवकोटाले कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिए ।
यस्तै, रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष बिदुर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता स्टार अस्पताल ब्लड ट्रान्सफिउजन सर्भिस सेन्टरकी वरिष्ठ कन्सलटेन्ट डा. मनिता श्रेष्ठ राजकर्निकरको रहेको थियो, भने विशिष्ठ आतिथ्यता अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीको रहेको थियो । 
त्यसैगरी, उक्त रक्तदान कार्यक्रममा मन्तव्य राख्ने क्रममा रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष बिदुर तिमल्सिनाले चार्टर्ड डेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न पाउदा खुसी व्यक्त गर्दै क्लबले विभिन अवसर विभिन्न संघ / संस्थाहरुसँग सहकार्य गर्दै रक्तदान कार्यक्रमसँगै देशमा आइपरेका विपत्ति न्यूनीकरण र व्यवस्थापनको लागि स्वयंसेवक परिचालन, राहत वितरण, सामाजिक सचेतता र जागरणका लागि उत्तप्रेरणा तथा अभिमुखिकरण कार्यक्रमहरु जस्ता सामाजिक कार्यहरु संचालन गर्दै आएको बताए ।
नेपाली रक्तदाता संघ नेपाल वि.स. २०७५ सालमा स्थापना भई सुरुवाती समयदेखि नै रगत र रगततत्वहरुको महत्त्व, आवश्यकता र सो को व्यवस्थापन लागि निरन्तर रुपमा बृहत, नियमित र आकस्मिक रक्तदान कार्यक्रमहरुको आयोजना साथै विभिन्न रक्तदान सम्बन्धि उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्दै आएको नेपाली रक्तदाता संघ नेपालकी महा – सचिव कल्पना खरेलले बताईन् ।
यसैगरी, उक्त रक्तदान कार्यक्रममा नेपाली रक्तदाता संघ नेपालकी उपाध्यक्ष पबित्रा पोखरेल, सचिव विश्वदिपा उप्रेती, कोषाध्यक्ष पुण्यवती पाठक, सह – कोषाध्यक्ष मुकुन्द भट्ट र सदस्यहरु विश्वमित्र उप्रेती, गणेश प्रसाद भट्ट, सोनु लामा, बिपिन अमात्य, पत्रकार द्दोय निराज रानाभाट, कृष्ण रसाइलीलगायतको उपस्थिति रहेको थियो, भने प्राविधिक सहयोगमा ललितपुरको सानेपामा रहेको स्टार अस्पताल ब्लड ट्रान्सफिउजन सर्भिस सेन्टर थियो ।

प्रतिक्रिया दिनुहोस