आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कालिगण्डकी करिडोर सावरी देखि राइकाभञ्ज्याङ सम्मको सडक स्तरउन्नती कार्य शुभारम्भ


  • समाचार कुञ्ज
  • २०८१ पौष १, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • बौदीकाली गाउँपालिकाले कालिगण्डकी करिडोर सावरी देखि राइकाभञ्ज्याङ सम्मको सडक स्तरउन्नती कार्य शुभारम्भ आजदेखि भएको  छ । उक्त खण्डमा पक्कि नाला निर्माण, ह्युम पाइप,उकालो क्षेत्रमा ढलान, कजवे निर्माण गरिने छ ।  गाउँपालिकाले All weather road अवधारणा अनुसार गाउँपालिकाले विविध निर्माण सेवा सँग ठेक्का सम्झौता गरेको हो ।

    बौदीकाली गाउँपालिकाको माथिल्लो भुगोलको लाइफलाइन सडक चापाभञ्ज्याङ्ग – राइका हुँदै सावरी पुल सडक स्तरोन्नतिको काममा बौदीकाली गाउँपालिकाले पहिलो बर्षबाट नै प्राथमिकता राखेर काम गरेको छ । सो योजना अन्तर्गत पहिलो वर्ष देखि चापाभञ्ज्याङ बाट काम सुरू गरिएको थियो र उक्त सडकको उक्त खण्ड सम्पन्न भएको छ । भने विचको खण्डमा निरन्दी खोला देखि बोहोछाप खण्डको काम सञ्चालनमा रहेको छ । 

    गाउँपालिकाले आफ्नो आन्तरिक लगानी साथै केन्द्र सरकार, प्रदेश सरकार सगको सहकार्यमा उक्त सडक योजनाको विभिन्न खण्डमा काम अगाडि बढाएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट