आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

भुतपुर्व सैनिक तथा प्रहरी संगठन घिरिङको अध्यक्षमा थापा


  • समाचार कुञ्ज
  • २०८१ पौष २, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नेकपा एमालेको जनबर्गिय संगठन नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन घिरिङ गाउँ कमिटिको अध्यक्षमा होम बहादुर थापा सर्बसम्मत चयन भएका छन। घिरिङ गाउँपालिका -३ रानिपोखारिमा मंगलबार भएको दोस्रो अधिवेशन बाट थापाको नेत्तृत्वमा १५ सदस्यीय समिती चयन गरेको हो। यसैगरी उपाध्यक्षमा थमन सिं आले, सचिब दान बहादुर शाही, कोषाध्यक्ष शुक बहादुर राना र उप-सचिवमा तेन माया थापा चयन भएका हुन। 

    सुबेदार मन बहादुर रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा भुपु सैनिक तथा प्रहरी संगठन केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज अर्जुन नागिला प्रमुख अतिथी रहेका थिए। नागिलाले भुपु सैनिक तथा प्रहरीहरु संग भएको सिपको सदुपयोग गरेर समाजमा योगदान गर्नुपर्ने बताए। साथै संगठनमा आबद्ध जो कसैलाई समस्या परेको बेला संगठनले काम गर्ने प्रतिबद्धता दिए। उनने नवनिर्वाचित कार्यसमितिलाई  सपथ ग्रहण गराएका थिए।

    कार्यक्रममा नेकपा एमाले नेता बिष्णु भक्त सिग्देल, जिल्ला सदस्य बिरेन्द्र अधिकारी, भुपु सैनिक तथ प्रहरी संगठन केन्द्रिय सदस्री सेर बहादुर थापा, वडा नं ३ का अध्यक्ष तहल सिंह थापा लगायतले मन्तब्य राखेका थिए। 
    संगठनका सचिब दान बहादुर शाहिले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तब्य जिल्ला सह सचिब धन बहादुर थापाले राखेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट