
समाचार कुञ्ज पुष ३, कावासोती,
जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा आज (बुधबार) जिल्ला स्थित प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समिक्षा गोष्ठि हुने भएको छ ।
कार्यालयको सभाहलमा विहान ११ बजेपछि कार्यक्रम हुने जिसस प्रमुखको सचिवालयका जनक माकिमले जानकारी दिनुभएको हो ।
यसैविच जिससकै आयोजनामा हिजो(मंगलबार) भएको जिल्ला स्थित स्थानीय तहको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले स्थानीय तहमा देखिएको बेरुजु कम गर्ने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
गाहाले बेरुजुलाई अरूको पालामा भएको भनेर बेवास्ता नगरी आफ्नै कार्यकालमा कम गर्ने गरी लाग्न कर्मचारी तथा पालिका प्रतिनीधिहरुलाई अनुरोध गर्नुभएको हो ।
वर्षै पिच्छे बेरुजु बढ्दै जानुले स्थानिय तहका प्रतिनिधि एवं कर्मचारिको पनि कमजोरी सावित हुने भन्दै उहाँले जनतालाई आभाष हुनेगरि परिणाम मुखि काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्लाका आठ वटै पालिकाको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
पालिकामा धेरैभन्दा धेरै टुक्रे योजनाहरु बन्नु, केन्द्र र प्रदेशबाट विनियोजित वित्तीय समानीकरण तथा राजश्व बाँडफाँडको रकम प्राप्त नहुनु, जनप्रतिनिधि तथा कर्मचारीका लागि तालिमको अभाव हुनु नवलपुरका स्थानिय पालिकाको साझा समस्याको रूपमा रहेको प्रस्तुतीकरणमा बताईएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय अधिकारी जितेन्द्रिजंग केसीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस