आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

माघे सङक्रान्तीको अबसरमा बन्दिपुरकाे कुकुर्दीमा गोरु  जुधाई प्रतियोगिता हुने 


  • समाचार कुञ्ज
  • २०८१ पौष २४, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • प्रतीक गुरुङ / बन्दिपुर 
        तनहुँको बन्दिपुर गाउँपालिका वडा न  २ काे  कुकुर्दीमा  माघे सङक्रान्तीको अबसरमा गोरु  जुधाई प्रतियोगिता हुने भएकाे छ । 
             नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै  "स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद" भन्ने मुल नाराको साथ  गोरु  जुधाई प्रतियोगिता र गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे आयाेजना गरेकाे छ ।   गोरु  जुधाई तर्फ प्रथम  पुरस्कार  नगत रु . १५  हजार र  दोस्रो पुरस्कार नगत रु. ७  हजार रहेको र दर्ता शुल्क ५ सय रहेकाे नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी  दिनु भएको छ ।
         पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि पौष २५ गते बाट सुरु हुने छ । पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु. ४ चार हजार ५ सय र महिला भलिबल प्रतियोगिताकाे दर्ता शुल्क ५ सय रहेको छ । पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगत रु. ४० हजार मेडल र प्रमाण पत्र ,  दोस्रो पुरस्कार नगत रु २५  हजार मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार नगत रु. १५  हजार मेडल र प्रमाण पत्र र महिला भलिबल प्रतियोगिता तर्फ  प्रथम पुरस्कार नगत रु. ७ हजार मेडल र प्रमाण पत्र रहेको आयाेजकले जनाएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट