आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

धादिङको मार्पाक पुख्रीमा ‘ सोनाम ल्होछार वृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम ’ हुँदै


  • समाचार कुञ्ज
  • २०८१ पौष २८, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका -२, मार्पाक पुख्रीमा ‘ तामाङ भाषा, भेष, भुषा, धर्म र संस्कृतिको संरक्षण गरौं ’ भन्ने नारा सहित ‘ सोनाम ल्होछार वृहत् सांस्कृतिक कार्यक्रम – २०८१ तथा शुभकामना आदानप्रदान कार्यक्रम ’ हुने भएको छ । सुकेल प्रगतिशिल युवा क्लबको आयोजनामा माघ १ गते मञ्जुश्री संवत् २८६१ औं डुल ल्हो सोनाम ल्होछार तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको हो । 

    संविधान सभा सदस्य विर बहादुर तामाङ ( चम्पासिंह ) को प्रमुख आतिथ्यता, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल र उपाध्यक्ष सिता माया गुरुङको विशेष अतिथ्यतामा संचालन हुने कार्यक्रममा चर्चित बाल गायक राजेश परियार, चर्चित लोक / म्हेन्दोमाया कलाकार सन्दिप स्याम्चेन, चर्चित लोक गायिका सञ्जु लामा, चर्चित गायिका तथा मोडल रितु वाईबा तामाङको विशेष प्रस्तुति रहने क्लबका अध्यक्ष आईतराम तामाङले जानकारी दिए । 

    साथै उक्त अवसरमा ‘ गोरु जुदाई कार्यक्रम ’ पनि हुने र स्थानिय  कलाकारहरुद्वारा म्हेन्दोमाया नृत्य प्रस्तुति रहने आयोजकका तर्फबाट अध्यक्ष तामाङले बताए । सोनाम ल्होछार सफल पार्नको लागि विभिन्न समाजसेवीहरुले विभिन्न ठाउँबाट सहयोग गर्ने क्रम जारी रहेको र सहयोग गर्ने सम्पूर्णमा आयोजक समितिको तर्फबाट हार्दिक आभार प्रकट गरिएको समेत तामाङले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट