आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

भुमि समस्या समाधान आयोग ,नवलपुरको अध्यक्षमा पुनः खरेल नियुक्त


  • समाचार कुञ्ज
  • २०८१ पौष २९, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती । 
    भुमि समस्या समाधान आयोग ,नवलपुरको अध्यक्ष पदमा पुन तारापति खरेल नियुक्त हुनुभएको छ । 
    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी सरकारले गत कात्तिकमा  हरिप्रसाद रिजालको अध्यक्ष नयाँ आयोग गठन थियो । अहिले ५६ वटा जिल्लामा सरकारले भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । जस अन्तरगत नवलपुरमा तारापति खरेल नियुक्त हुनुभएको हो । यस  अघि पनि खलेर नै जिल्ला अध्यक्षका रुपमा काम गर्नुभएको थियो । अरेल नेपाली काग्रेसका नेता हुनुहुन्छ । 
    गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका छन् ।  गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउन मात्र बाँकी छ । २१ जिल्लाका अध्यक्षहरू भने नियुक्त हुन बाँकी छ ।
    ७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७–३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।

    सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिएपनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन । एमालेले पाएका मध्ये ३ र कांग्रेसले पाएका जिल्लामध्ये ३ जिल्लामा यस्तो विवाद रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट