आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरको हुप्सेकोट गाउँपालिकामा बाघले बाच्छो खायो । 


  • समाचार कुञ्ज
  • २०८१ माघ १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • प्रिय धन , नवलपुर , १ माघ  २०८१ । 
    पूर्वी नवलपरासीको हुप्सेकोटमा बाघले गाईको बाच्छोलाई आक्रमण गरेको छ । हुप्सेकोट गाउँपालिका २ धबाहमा शेर बहादुर पाटा मगरको घरबाट २०० मिटर पर रहेको गोठमा बाघले आक्रमण गर्दा एउटा बाच्छाको मृत्यु भएको छ भने अर्को गोरु घाईते भएको छ । 
    सोमबार राति पराल हालिदिएर राखेको गोरुलाई बिहान ५ बजेतिर बाघले आक्रमण गरेको र बाच्छालाई मारेको पाटा मगरले जानकारी दिनुभयो । 
    त्यसअघि ३ दिन अगाडि शनिबार बाघको पंजा देखिएकाले बाघले नै आक्रमण गरेको शेर बहादुर पाटाले ठोकुवा गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट