आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

न्यायालयको मर्यादामाथि आक्रमण: मानव अधिकार एलाइन्स बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण


  • समाचार कुञ्ज
  • २०८१ माघ २, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाले मानव अधिकार एलाइन्स, वागमती प्रदेशको गम्भीर ध्यानाकर्षण गराएको छ। एलाइन्सले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई न्यायालयको मर्यादा र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्ने कार्यको रूपमा व्याख्या गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, वरिष्ठ अधिवक्ता त्रिपाठीज्यू थुनछेक बहसमा संलग्न भई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो। तर, अदालत परिसरबाट निस्कने क्रममा केही व्यक्तिहरूले उहाँमाथि हातपात, लछारपछार, र कुटपिटजस्ता अमानवीय व्यवहार गरेका छन्। यो घटनाले कानुन व्यवसायीहरूको सम्मान र न्यायिक प्रक्रियामा नागरिकहरूको विश्वासमाथि गम्भीर आघात पुर्‍याएको एलाइन्सले जनाएको छ।

    मानव अधिकार एलाइन्स, बागमती प्रदेश समितिले यो घटनालाई निन्दनीय मात्र नभई लोकतान्त्रिक र न्यायिक प्रक्रियामाथि ठाडो चुनौतीको रूपमा लिएको छ। एलाइन्सले दोषीहरूमाथि तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दै न्यायालय परिसरभित्रको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन र यस्ता घटनाहरू पुनः नदोहोरियोस् भन्ने सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

    एलाइन्स बागमती प्रदेश समितिले जारी वक्तव्यमा कानुनी प्रक्रियाको सम्मान र मर्यादाको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ। विज्ञप्तिमा सचिव हरिवोल आचार्य र अध्यक्ष श्यामकृष्ण श्रेष्ठले दोषीहरूलाई कानुनी दायरामा ल्याउन र न्यायिक प्रक्रियालाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

    यो घटना न्यायालय परिसरभित्रको सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्न र सुधार गर्न अत्यन्त आवश्यक रहेको स्पष्ट सन्देश दिएको छ। मानव अधिकार एलाइन्सले कानुन व्यवसायीहरूको सुरक्षामा कुनै सम्झौता नगर्न चेतावनी दिँदै लोकतान्त्रिक र न्यायिक प्रक्रियाको सम्मानमा सबै पक्षले दृढतापूर्वक उभिनुपर्नेमा जोड दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट