आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मोटरसाइकल दुर्घटनामा ऋषिङका आमा छोराको घटनास्थलमा मृ’त्यु


  • समाचार कुञ्ज
  • २०८१ माघ ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मंङगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–६ चालिसे घरभई हाल व्यास–५ पाटन बस्ने बर्ष १९ का सन्दिप आले र निजकी आमा बर्ष ४० की मधुमाया आले रहेका छन् ।
    दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल मङ्गलबार बिहान अनियन्त्रित भई सडकबाट तल खस्दा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको हो ।

    हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट