आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

मोटरसाईकल चोरीको आरोपमा तिन जना पक्राउ


  • समाचार कुञ्ज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • विवेक श्रेष्ठ । दमौली, माघ ११

    लु २१ प १७२ नम्बरको १८० सिसिको पल्सर मोटरसाइकल चोरी गरेको आरोपमा तिन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ऋषिङ गाउँपालिका–५ रेशौंका २४ बर्षीय यमबहादुर कुमाल, १७ बर्षीय केशर कुमाल र १७ बर्षीय सुजन कुमाल रहेका छन् ।

    उनीहरुले ऋषिङ गाउँपालिका–५ सपाङदीका अर्जुन नेपालीको मोटरसाइकल उनकै घरबाट चोरी गरेका थिए । हराएको मोटसाइकल खोजी गर्ने क्रममा उनीहरुको घर नजिकै मोटरसाईकलको स्टिकर भेटिएपछि शंका लागेर उनीहरुलाई पक्राउ गरि सोधपुछ गर्दा मोटरसाईकल चारेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

    मोटरसाईकल चोरी गरि दमौली स्थित सिडब्लुजी डेन्ट पेन्ट एण्ड वर्कशपमा डेन्ट पेन्ट गर्न छोडेर उनीहरु घर फर्किएका थिए । प्रहरीले उक्त मोटरसाइकल ग्यारेजका सन्चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका मध्ये कुमाल दाजु भाईलाई इलाका प्रहरी कार्यालय बेलचौतारामा र ग्यारेज सन्चालकलाई जिल्ला प्रहरी कार्यालय दमौलीमा राखिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट