
समाचार कुञ्ज तनहुँ
देवघाट गाउँपालिका स्थित वज्रयाेगिनी मा. वि देवघाट ५ काे बिद्यालय परिसरमा भएकाे हाे।साे कार्यक्रम बिदुरहरी आचार्यकाे सभापतित्वमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे साे अवसरमा प्रमुख अतिथिबाट यस्ता प्रशिक्षण कार्यक्रमहरु देवघाट गाउँ पालिका मा मात्र नभइ हरेक क्षेत्रमा आवस्यक रहेकाे थापाले बताए ।पछिल्लाे समयमा किशोरीहरु माथि धेरै दुर्ववहार र हिम्सा भइरहेकाे हुदा यस्ता प्रशिक्षणबाट किशोरीहरुलाइ जनचेतना तथा आत्मवल बढने थापाले बताए। घटनाहरु अकल्पनीय हुने हुदा जति खेर पनि घट्न सकिन्छ त्यस्काे न्यूनीकरण भनेकाे नै प्रशिक्षण कार्यक्रम दिनु पनि एक रहेकाे थापाले बताए।
साे घटना बाट जाेगीन गाँउपालिका बाट पनि यस्ता कार्यक्रमहरू अनुराेध गरेकाे थियाे ।साे कार्यक्रम गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास कार्यलय दमाैली बाट गरिएकाे थियाे ।साे कार्यक्रममा सहभागी किशाेरीहरु जम्मा ८० जना रहेकाे थियाे।साे कार्यक्रममा सामाजिक विकास कार्यलयका अध्यक्ष विदुरहरि आचार्यले पछिल्लाे समयमा यस्ता घटनाहरु अत्याधिक मात्रामा बढेकाे हुदा पछिल्ला समयमा यस्ता किशोरीहरु पर्ति हुने दुर्व्यवहार न्युनिकरण गर्न यस्ता कार्यक्रम ठाउँ ठाउँमा गर्दै आएकाे आचार्यले बताए।साे कार्यक्रम विहान ८ बजे बाट ११ बजे सम्म रहेकाे थियाे । फाेटाे रेडियाे देवघाट बिस्नु सिन्जाली

प्रतिक्रिया दिनुहोस