आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङमा बालबालिकाको अपाङ्गता प्रारम्भिक पहिचान सम्बन्धि क्षमता विकास तालिम सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ माघ १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • माघ,१५ ,
    तनहुँको घिरिङ गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बाल विकास देखि कक्षा तिन सम्मका बालबालिकाको अपाङ्गताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता विकास तालिम सम्पन्न  भएको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले  तालिम उद्घाटन गरेका थिए।

    घिरिङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले तालिम आयोजना गरेको हो । पालिका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यमा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै अपांगताको प्रकृति र व्यक्तिगत क्षमता पहिल्याएर त्यसैअनुसार बिद्यार्थीहरुको शैक्षिक योजना बनाउन सहजताको लागी प्रत्येक बिद्यालयमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान गर्न  गाउँपालिका अध्यक्ष थापाले बताउनुभएको छ् ।

    घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवि अधिकारीले प्रत्येक बिद्यालयका एक–एक जना शिक्षकलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम दिईएको बताउनु भयो । बालबालिकाको अपांगताको प्रारम्भिक पहिचानले शिक्षामा गुणस्तर सुधार ल्याउनेमा ठुलो सहयोग मिल्ने उपाध्यक्ष अधिकारीले बताईन ।

    तालिममा गाउँपालिका  क्षेत्रका सामुदायिक विद्यालयका ३६ विद्यालयका शिक्षक शिक्षिका सहभागी भएका थिए । बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थीहरुको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी बिद्यालयहरुलाई क्षमता बिकास तालिम  गरिएको शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदीले बताउनुभयो ।कार्यक्रमको प्रशिक्षक शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी र साहेयक प्राविधिक पुष्पा थापाले सहजिकरण गर्नु भएको थियो ।

    यिनहरुमा शारीरिक अपांगता, दृष्टि सम्बन्धी, सुनाई सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाई सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, आनुवंशिक रक्तस्राव (हेमोफिलिया) सम्बन्धी, अटिजम र बहुअपांगता रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट