आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन


  • समाचार कुञ्ज
  • २०८१ माघ १६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • मकवानपुर । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएकी छिन् । मकवानपुरको हेटौंडामा भएको समूहको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । त्यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महा – सचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत र कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा क्रमशः सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाईँ चयन भएका छन् । 

    यसअघि सञ्चारिका समूहकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता एवं सञ्चारिक वाग्मती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियनका सचिव बलराम पुडासैनी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ र स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट