आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आठौं नवलपुर महाेत्सवकाे तयारीले तिब्रता पाउँदै


  • समाचार कुञ्ज
  • २०८१ माघ १६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपुर ।आठौं  नवलपुर महाेत्सवकाे मिति नजिकिय सगै अन्तरक्रिया तथा छलफललाई समेत तिब्रता दिन थालिएकाेछ ।
    आठौं  नवलपुर महाेत्सव मुल आयाेजक समितिले बुधबार उधाेग बाणिज्य संघकाे कार्यालयमा उधाेग बाणिज्य संघका पुर्व पदाधिकारी तथा समिति सग अन्तरक्रिया तथा छलफल सम्पन्न गरेकाे आठौं  नवलपुर महाेत्सवका प्रवक्ता सागर पाेख्रेलले जानकारी दिनुभयाे ।
    आठौं  नवलपुर महाेत्सव मुल आयाेजक समिति संयाेजक बैकुण्ठ प्रसाद अर्यालकाे अध्यक्षतामा  सम्पन्न छलफलले नवलपुरकाे गाैरव र पहिचान भएकाेले जिल्लाका सम्पुर्ण उधाेगि, व्यापारी, जिल्लावासि एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे ।
    अन्तरक्रियामा नवलपुर उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष ओम पाैडेल, नि वर्तमान अध्यक्ष डासुराज पाेख्रेल, पूर्व  पदाधिकारीहरुकाे उलेख्य सहभागिता रहेकाे प्रवक्ता पाेख्रेलले जानकारी दिनुभयाे ।
    आठौं  नवलपुर महाेत्सव अन्तरगत बिहिवार जिल्लाका बस्तुगत संघहरु सग अन्तरक्रिया अायाेजना गरिएकाेछ ।
    नवलपुर उधाेग बाणिज्य संघकाे आयाेजनामा आगामी  माघ २५ गते देखि फागुन १० गते सम्म कावासाेति-१६, अंकुर सामुदायिक वनकाे खेल मैदान , डण्डामा आठौं  नवलपुर महाेत्सव अायाेजना गरेकाेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट