आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ऋषिङमा आयोजित स्वास्थ्य शिविरमा ३५० जनाको स्वास्थ्य परिक्षण


  • समाचार कुञ्ज
  • २०८१ माघ १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • विवेक श्रेष्ठ । ऋषिङ, माघ १९

    ऋषिङ गाउँपालिकामा आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ३५० जनाले स्वास्थ्य जाँच गरेका छन् ।

    ऋषिङ गाउँपालिकाको आयोजना, आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि. पोखरा र ऋषिङ स्वास्थ्य क्लीनिकको प्राबिधिक सहयोगमा शनिबार शिव सरस्वती मावि ऋषिङ–८, हबेलीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । त्यस्तै उक्त शिविरमा भिडियो एक्सरे तर्फ १५८ जना, इसिजिमा ४८ र १५० जनाको ल्याब परिक्षण समेत गरिएको थियो ।

    उक्त शिविरमा बरिष्ठ मृगौला तथा उच्च रक्तचाप विशेषज्ञ डा.अमृत केसी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.भिम सिग्देल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सिर्जना शर्मा, पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल र रेडियोलोजिष्ट विशेषज्ञ डा.डा.नवराज शर्मा लगायतका चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए ।

    उक्त शिविरमा इसिजी सेवा, भिडियो एक्सरे सेवा, सुगर, ब्लड युरिया, सिरम, युरिन लगायतको ल्याब परिक्षण गरिने तथा निशुल्क औषधी समेत वितरण गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट