आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

सरल नेपालको ‘ प्रथम नवलपुर जिल्ला अधिवेशन ’ सम्पन्न  


  • समाचार कुञ्ज
  • २०८१ माघ २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपुर । नवलपुरको कावासोतीस्थित होटल लक्समा सरल नेपालको ‘ प्रथम नवलपुर जिल्ला अधिवेशन ’ सम्पन्न भएको छ । उक्त अधिवेशनमा सरल नेपाल नवलपुर जिल्लाका सम्योजक समिर लामिछानेको अध्यक्षता र जिल्ला समन्वयन समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख अतिथितामा सम्पन्न भएको भएको हो । अधिवेशनमा सरल नेपाल केन्द्रीय अध्यक्ष मनिष पौडेल, केन्द्रीय सदस्य दिपेन्द्र अधिकारी, कार्यक्रम व्यवस्थापक आयुष ढकाल, देवचुली कलेजका पूर्व क्याम्पस प्रमुख राजन गौतम, नवलपुर जिल्ला बार एसोसिएसनका उपाध्यक्ष कमल चापागाईंको विशेष आतिथ्यता रहेको थियो ।

    यस्तै, ‘ प्रथम नवलपुर जिल्ला अधिवेशन ’  बाट अध्यक्षमा समीर लामिछाने निर्वाचित भएका छन्, भने उपाध्यक्षमा समित परियार निर्वाचित भएका छन् । त्यसैगरी, अधिवेशनबाट सचिवमा सम्राट पाण्डे, सह – सचिवमा कृतिका कंडेल र कोषाध्यक्षमा नितु कुमारी यादव निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा गरिमा पौडेल, करुणा पोख्रेल, प्रकृति कँडेल र सुगम रायमाझी निर्वाचित भएका छन् । उक्त अधिवेशनमा नवलपुर जिल्लाभित्र रहनुभएका विभिन्न आमा समूह, टोल सुधार, शैक्षिक सामाजिक व्यक्तित्वलगायत रोडट्र्याक क्लब कावसोती, कावसोती नगर युवा सञ्जाल, प्रकाश फ्लेक्स प्रिन्ट, युनिभर्सर एकेडेमी, प्रगतिशील युवा क्लब, गरिमा इंग्लिश स्कुलको सहकार्यमा कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट