आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुर महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले गर्ने


  • समाचार कुञ्ज
  • २०८१ माघ २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • खगेन्द्र पराजुली, माघ २१, नवलपुर । 
    आठौं नवलपुर महोत्सवको समुद्घाटन र धौवादी फलाम खानीको स्थलगत अवलोकनका लागि नेपाल सरकारका उद्योगमन्त्री दामोदार भण्डारी नवलपुर आउने भएका छन् । माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको उपस्थिति रहने महोत्सव आयोजक नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिए । सोही दिन नवलपुरस्थित धौवादी फलामखानी स्थल अवलोकनको तालिका रहने पनि पोख्रेलले बताएका छन् । 
    महोत्सवको प्रचार–प्रसार, विभिन्न जिल्ला तथा पालिाकास्तरीय उद्योग वाणिज्य संघ तथा केन्द«ीय महासंघ पदाधिकारी प्रतिनिधिलाई भेटघाट  र निमन्त्रणा गर्दै काठमाडौं पुगेको टोलीले सोमबार मन्त्री भण्डारीलाई भेटेर समय तालिका निश्चित गरेको हो । 
    पर्यटन, कृषि, उद्योग र व्यापारको उत्सव, समृद्ध नवलपुरका लागि आठौं नवलपुर महोत्सव भन्ने नाराका साथ हुने महोत्सवको पहिलो दिन जिल्लाका सबै जातजाती, संघसंस्था र विशेष गरी कावासोतीका सामाजिक, सामुदायिक, संस्थागत तथा निजी संघसंस्था, प्रतिष्ठान, उद्यमी समेतको वृहत सहभागीता सक्रियता र उपस्थितिमा शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।  
    डण्डास्थित सनलाइट क्लवको मैदानबाट कलश, झाँकी सहितको शोभायात्राको ब्यवस्थापन मिलाईने को तयारी भएको पनि जनाईएको छ । 
    विभिन्न धार्मिक, सांस्कृतिक, जातिय भेषभुषा–वाजागाजा सहितको झाँकीले डण्डा वजार परिक्रमा गर्नेछ । अंकुर सामुदायीक वन क्षेत्रको खुल्ला मैदानमा हुने महोत्सवका धेरै तयारी भईसकेको पनि आठौं नवलपुर महोत्सव सचिवालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट