
समाचार कुञ्ज प्रेस चौतारी नेपाल तनहुँ शाखाको दशौँ जिल्ला अधिवेशन मंगलबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले राजकुमार श्रेष्ठ बि बि लाई पुन अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा कृष्ण न्याैपाने र सुनिता आचार्य , सचिव ऋषिकान्त दुवाडी , सहसचिव किरण श्रेष्ठ र अञ्जन परियार तथा काेशाध्यक्षमा सागर गिरी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा बिष्णु सिंजाली , देव रसाइली लगायतका रहेका छन् । यस्तै केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पाैडेल , मदन तिमिल्सिना र सम्झना रसाइली रहेका छन् । उक्त अबसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कार -२०८१ बाट प्रेस चौतारी तनहुँका पुर्व अध्यक्ष त्रिभुवन श्रेष्ठ सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस