आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ माघ २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  •  सन्जय भट्टराई 
    चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ ।
    चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो  गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
    गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जंगल पठाउदै आईएको थियो ।
    बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण ९क० गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको सूचना अधिकारी थापाले बताए ।
    चुरे गज सहितको गस्ती टोलीलाई आक्रमणको प्रयास गरे पछि नेपाली सेनाले २ राउन्ड हवाई फायर गरेको थापाले बताए । हवाई फाएर गर्दा समेत नभागेर मकुनाले खगेन्द्रप्रसाद हात्तीलाई आक्रमणको प्रयास गर्दा उक्त हात्तीमा सवार निकुञ्जका रेन्जर श्याम तामाङ  खसे पछि सेनाले थप तीन राउन्ड गोली चलाएको थियो । तीन राउन्ड गोली चलाउदा समेत नभागेर मकुनाले गस्ती टोलीलाई आक्रमण गरे पछि नेपाली सेनाको टोलीले थप एक राउन्ड गोली चलाएको र गोली लागेर एक किलोमीटर टाढा पुगेर हात्ती ढलेको सूचना अधिकारी थापाले बताए ।
    मकुना ढले पछि पशु चिकित्सकको टोलीले  पुगेर चेकजाँच गरेर पछि मृत घोषण गरेका र पोस्टमार्टम गर्दा हात्तीको घाँटीको दाहिने तर्फ एउटा गोली फेला परेको थापाले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१मा व्यवस्था भए अनुसार आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएकाले उक्त गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट