
समाचार कुञ्ज घिरिङ , माघ,२५
तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं -४ फुला आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थित वडा स्तरीय खोप समन्वय समिति द्वारा एच.पि.भि.खोप अभियान सम्बन्धी महिला स्वयंसेविका, सरोकारावालाहरु, शिक्षकहरू लाई
अभिमुखिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा साभुङ स्वास्थ्य केन्द्रका प्रमुख मन प्रसाद रानाभाटले सहजिकरण गरेका थिए । 
माघ २७ देखि २८ गते सम्म संचालन हुने अभियानमा उक्त वडामा ९८ जना किशोरीहरुलाई खोप लगाइने भएको छ। महेन्द्र ज्योति मा.वि गडौलिटारमा ८५ जनाले लगाउने छ भने कुष्ण गंगा आधारभुत विद्यालयमा १३ जनाले खोप लगाउन फुला आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख प्रविन श्रेष्ठ जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस