आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटना 


  • समाचार कुञ्ज
  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु।प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको भण्डारीले जानकारी दिनुभयो । तस्विरः चितवन प्रहरी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट