आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मित्रलाल श्रेष्ठको अध्यक्षतामा नेवाः देय दबु नवलपुरको नयाँ नेतृत्व चयन 


  • समाचार कुञ्ज
  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नवलपुर । 
    नेवाः देय दबु नवलपुरको पाँचौं जिल्ला अधिवेशनले मित्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
    जसको वरिष्ठ उपाध्यक्षमा गोविन्द श्रेष्ठ, उपाध्यक्षमा भवि श्रेष्ठ, सचिवमा रामकुमार श्रेष्ठ, महिला सचिवमा विमला श्रेष्ठ, कोषाध्यक्षमा काजीमान श्रेष्ठ चयन भएका छन् । 
    त्यसैगरी सदस्यहरुमा भोजनारायण श्रेष्ठ, मेखराज श्रेष्ठ, अम्बरकुमार श्रैष्ठ, भगवान श्रेष्ठ, ऋषि श्रेष्ठ, अस्मिता श्रेष्ठ, मदन श्रेष्ठ, तुलनारायण मानन्धर, लक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, लोकप्रसाद श्रेष्ठ, भूपतिमान श्रेष्ठ, विकासकुमार श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, सुरेश श्रेष्ठ, भूमीप्रसाद श्रेष्ठ, सुजनकुमार श्रेष्ठ, प्रज्ञा मल्ल, इश्वरबहादुर श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र राजकुमार श्रेष्ठ चयन हुनुभएको छ । 
    अधिवेशन पूर्व कावासोतीमा नेवाः समुदायले झ्याँकी सहित र्याली निकालेका थिए । 
    अधिवेशनको नेवाः देय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै राजभण्डारीले नेवाः समुदायको भाषा, धर्म कला संस्कृति जगेर्ना गर्न सबै नेवाः समुदाय एक भएर लाग्नु पर्नेमा जोड दिए । 
    कार्यक्रममा संविधान सभा सदस्य जीवनकुमार श्रेष्ठ, कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसाल, नेवाः देय दबुका केन्द्रिय उपाध्यक्ष हरिकुमार श्रेष्ठ, केन्द्रिय सदस्य वसन्ता श्रेष्ठ, प्रदेश कोषाध्यक्ष भुवराज श्रेष्ठ, भुजेल समाज सेवा समिति नवलपुरका अध्यक्ष रमिला भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    कार्यक्रममा नेवाः समुदायका गुठीबाट आएका कलाकारहरुले लाखेनाँच, धिमी बाजा प्रदर्शन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट