आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु


  • समाचार कुञ्ज
  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • माघ २६, नवलपुर ।  नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ ।

    नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं महोत्सवबाट थालनी गरिएको प्रतियोगिता आठौंमा पनि निरन्तरता दिइएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताए ।

    भोलिदेखि शुरु हुने प्रतियोगितामा ९ टीम को सहभागिता रहेको छ। हरेक दिन एक समूहको प्रस्तुति रहने आयोजकका महा-सचिव सागर पोख्रेलले जानकारी दिएका छन् ।

    भोलिदेखि दोहोरी प्रतियोगिता पनि शुरू हुने, दोस्रो दिनदेखि चलिरहेको डान्स आइडलको प्रस्तुति र राष्ट्रिय तथा स्थानीय कलाकारका साथै स्थानीय मौलिक साँस्कृतिक प्रस्तुतिहरु पनि समेट्नुपर्ने भएकाले दिउँसो साढे १२ वजेदेखि नै साँस्कृतिक गतिविधिहरू शुरु भइसक्ने महासचिव पोख्रेलले वताए ।

    भोलि सोमवार प्रतियोगितामा कावासोती- १६ को प्रगतिशील नाचगान समूहको प्रस्तुति रहने साँस्कृतिक संयोजक डाँसुराज पोख्रलले जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट