
समाचार कुञ्ज माघ २८, कावासोती,
मध्यविन्दु बहुमुखि क्याम्पस व्यवस्थापन समितिको नयाँ पदाधिकारि चयनको पक्रिया लम्बिएको छ ।
नवलपुरको कावासोती ३ मा अवस्थित मध्यविन्दु बहुमुखी क्याम्पससभाको ८ औँ सभामा अध्यक्ष पदकालागि दुई जनाको उम्मेद्वारी दर्ता भएपछि सर्व सम्मतको प्रयासकालागि भन्दै पदाधिकारिहरुकै निर्णयमा सोमबार दिउसो ४ बजेसम्मको समय थपिएको निर्वाचन मण्डलका सदस्य सुरेन्द्र एमसिले जानकारी दिनुभयो ।
क्याम्पसको नयाँ कार्यसमिति गठनका लागि होमनाथ जैसीको सँयोजत्वमा तिन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो जसको सदस्यहरुमा विष्णु प्रसाद लम्साल र सुरेन्द्र एमसी रहनु भएको छ ।
जम्मा २३१ जना क्याम्पस सभा सदस्यहरु रहेको मध्यविन्दु क्याम्पसले नयाँ कार्यसमिति चयनकोलागि शनिबार मनोनयन दर्ता गरेको थियो भने आईतबार दिउँसो ३ बजेसम्म नाम फिर्ताको समय तोकिएको थियो ।
पूर्व क्याम्पस प्रमुख समेत रहनुभएका मुक्तिराम पाण्डे र पूर्व क्याम्पस व्यवस्थापन समिति सदस्य दुर्गा भण्डारीले अध्यक्षमा आ आफ्नो दावेदारी नछोडेपछि, सबैको सहमतिमा सोमबार सम्म सर्वसम्मतको प्रयासका लागि समय तय गरिएको हो ।
क्याम्पससभाको ८ औँ बैठकको उद्घाटन गण्डकी प्रदेशसभा साँसद रोशन बहादुर गाहाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस