आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

१६ औँ राष्ट्रिय इको क्लब दिवस: सरस्वती माविमा हरित अभियान


  • समाचार कुञ्ज
  • २०८१ फागुन २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती ।  
    १६ औँ राष्ट्रिय इको क्लब दिवसको अवसरमा कावासोती १७ मा रहेको सरस्वती माध्यमिक विद्यालय, गोछडाले विद्यालयलाई हरियाली, सुन्दर र हरित विद्यालयको रूपमा विकास गर्ने उद्देश्यले वातावरणीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रम अन्तर्गत विद्यालय परिसरभित्र शिक्षक, कर्मचारी, र विद्यार्थीहरूको सक्रिय सहभागितामा गमलामा विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोप्ने कार्य सम्पन्न गरिएको छ । यस पहलले विद्यालयलाई सुन्दर बनाउनुका साथै विद्यार्थीहरूमा हरित संस्कृति र वातावरणीय संरक्षणप्रति जागरूकता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

    “हाम्रो भविष्यका लागि, संरक्षण शिक्षा र हरित संस्कृति“ भन्ने नाराका साथ सञ्चालित यस कार्यक्रममा विद्यालय परिवारले हरियाली संरक्षणको महत्वलाई आत्मसात् गर्दै सहकार्य र समर्पणको उदाहरण प्रस्तुत गरेका छन्।

    विद्यालय प्र अ फणेन्द्र  पौडेलले वातावरणीय सचेतना र विद्यालय हरियाली अभियानमा विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहित गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ।

    यो कार्यक्रमले विद्यालय मात्र नभई समुदायमा पनि वातावरण संरक्षणको सन्देश फैलाउने लक्ष्य लिएको छ। तीर्थराज काफ्लेबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट