आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कार्यसम्पादन मुल्यांकनमा तनहुँमा भानु उत्कृष्ट हुँदा घिरीङ पुछारमा


  • समाचार कुञ्ज
  • २०८१ फागुन ३, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा भानु नगरपालिका उत्कृष्ट ठहरिएको छ ।बुधबार सार्वजनिक भएको मुल्यांकनमा तनहुँका १० स्थानीय तहमध्ये भानु उत्कृष्ट ठहरिएको हो । जहाँ भानुले आयोगले दिएको कुल ७१.४ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै भिमादकाे ६८.४ प्रतिशत अंक आउँदा व्यासको ५६.४ र शुक्लागण्डकीकाे ५२.४ अंक आएकाे छ । यस्तै गाउँपालिका तर्फ बन्दीपुरकाे ५९.८ अंक आएकाे छ भने म्याग्देकाे ५९.५ , ऋषिङ्गकाे ५६.३ , आँबुखैरेनीकाे ५६ र घिरीङकाे ४३.२ प्रतिशत अंक आएकाे छ ।

    स्थानीय सरकारले कार्यसम्पदान गर्ने १७ वटा सूचकलाई आधार मानेर अंक दिइएको थियो । सूचकमा विनियोजित रकम, खर्च, राजस्वको लक्ष्य, खर्च, सामुदायिक विद्यालयमा कक्षा १० मा पास हुने विद्यार्थीको संख्या, लेखापरीक्षण, बेरुजु रकम लगायत रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट