
समाचार कुञ्ज दुलेगौंडा, ७ फागुन
शुक्लागण्डकीमा बुधवार सम्पन्न पहिलो जेसिज म्याराथन–२०८१ मा गाउँफर्कोदय माविका दिपेश थापा प्रथम भएका छन् । थापाले ५ किलोमिटर दौड २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
शुक्लागण्डकी जेसिजको आयोजनामा भएको प्रतियोगितामा पञ्चमुनिदेव माविका भोजबहादुर गैह्रे र सुरज हमाल क्रमशः द्धितीय र तृतीय भए । गैह्रेले २३ मिनेट ३८ सेकेन्डमा र हमालले २३ मिनेट ४० सेकेन्डमा दुरी पार गरेका थिए । द्धितिययले ५ हजार र तृतीयले ३ हजार, मेडल र प्रमाणपत्र पाए । साथै नेपाल पुलिस स्कुलका अंकित रानाभाटले निर्धारित दुरी २३ मिनेट ५६ सेकेन्ड पार गर्दै सान्त्वना हुदै नगद १ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
शुक्लागण्डकी नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा खुल्ला म्याराथनमा ११ विद्यालयका ७० जना सहभागि थिए ।
छात्रातर्फ तालवेसी माध्यमिक विद्यालयकी सपना परियार प्रथम भइन् । उनले ५ किलोमिटर दौड ३१ मिनेट ४६ सेकेन्डमा पार गरिन । प्रथमसँगै उनले नगद २ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन् । छात्राातर्फ ४ जनाको सहभागिता रहेको थियो । शुक्लागण्डकी–२, गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यनवनधाम परिसरबाट शुरु भएको म्याराथन वडा नंं ९ स्थित ढोरबाराही मन्दिरमा पुगेर सकिएको थियो । शुक्लागण्डकी जेसीजका अध्यक्ष प्रकाश विकको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजु, नेपाली काङग्रेसका नेता माधव भट्टराई, मातृशाखा लेखनाथ जेसिजका निवर्तमान अध्यक्ष प्रकाश राईभात, शुक्लागण्डकी जेसिजका पूर्व अध्यक्ष विनोद राउत, कार्यकारी उपाध्यक्ष मदन सिग्देल, सचिव शुशिल थापा भुजेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस