आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मध्यविन्दु बहुमुखी क्याम्पसको अध्यक्षमा पाण्डे निर्वाचित


  • समाचार कुञ्ज
  • २०८१ फागुन ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • कावासोती । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको क्याम्पस सन्चालन समिति गठनका लागि निर्वाचन भएको छ ।

    १ अध्यक्ष र ६ सदस्य पदका लागि अध्यक्ष पदमा २ जना र सदस्य पदमा १६ जनाको उम्मेदवारी परेको थियो ।

    आज भएको मतदान पछि आजै गरिएको मतगणनाको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा क्याम्पसकै पूर्व क्याम्पस प्रमुख मुक्तिराम पाण्डे निर्वाचित भएका छन् ।

    पाण्डेले १ सय ४३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी दुर्गादत्त भण्डारीले जम्मा २० मत प्राप्त गरेका थिए ।

    त्यसैगरी सदस्यहरुमा मदन गिरीले १११ मत, उदयराज भण्डारीले ९३ मत, भिमलाल कंडेलले ८९ मत, रामकृष्ण ढुंगानाले ८९ मत, कृष्णराज सिग्देलले ७९ मत र नरदेव न्यौपानेले ७९ मत प्राप्त गरी विजयी भएका छन् । २ सय ३२ मतदाता रहेकोमा १ सय ७३ मत खसेको थियो ।

    यस अघि क्याम्पसको सन्चालक समितिको सदस्य पदमा भोजराज दाहाल, काशिराम गैरे, चिरिन्जिवी जिसी र चन्द्रराज भुर्तेल निर्विरोध चयन भएका थिए ।

    अन्तिम मतपरिणाम

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट