
समाचार कुञ्ज नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको १४ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बाबुराम रानाभाटकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिकाे उपाध्यक्षमा जनक सिग्देल , महिला उपाध्यक्षमा कल्पना घिमिरे , सचिवमा रिदय भट्ट , कोषाध्यक्षमा सुर्य गौतम चयन भएका छन् ।
यस्तै जिल्ला सदस्यमा प्रकाश तिमल्सिना लागायत रहेको बताइएको छ । यस अघि अधिवेशनकाे संगठनका गण्डकी प्रदेशका ईन्चार्ज यम वहादुर कुँवरले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस