
समाचार कुञ्ज दुलेगौंडा, १३ फागुन ।
तनहुँको शुक्लागण्डकी–५ गल्छिनामा आइतवार साँझ कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँमा बस्ने ७३ वर्षिय सेती मिया रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा सामान्य उपचारपछि गण्डकी मेडिकल कलेजमा लगिएकोमा उनको मृत्यु भएको हो । खैरेनीटारबाट दुलेगौंडातर्फ आउने क्रममा ग ३ च १६५४ नंं. को कारले ठक्कर दिएको हो । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पछिल्ला समयमा राजमार्गमा सडक कालोपत्र गरिएसँगै दुर्घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस