
समाचार कुञ्ज
नवलपुर उद्योग वाण्ज्यि संघको आयोजनामा माघ २५ गते जारी आठौ नवलपुर महोत्सवमा ¥यापर माईलो र जि–वव् आउने भएका छन । पछिल्लो समय युवा पुस्ताहरु ¥याप गितहरुको पारखी भएकाले युवाहरुको लक्षित गरी ¥याप गायकहरुलाई महोत्सवमा ल्याउन लागिएको नवलपुर उद्योग वाणिज्य संघका नि वर्तमान अध्यक्ष एवम् आठौ नवलपुर महोत्सवका सास्कृतिक उप समिति संयोजक डासुराज पोख्रेलले जानकारी दिनुभयो ।
सास्कृतिक संयोजक पोख्रेलका अनुसार फागुन १४ गते ¥यापर माईला आउने भएका छन भने फागुन १५ गते जि वव् आउने वताए । फागुन १४ गते ¥यापर माईला सहित लोक गायक डोलराज परियार, वर्षा पाण्डे सहित सुहाना डान्स ग्रुपको प्रस्तुती रहने जनाएको छ । 
फागुन १५ गते परेको ४३ औ मगर दिवसको अवसरमा आठौ नवलपुर महोत्सवमा मगर समुदायको एकता दिवसमा मगरसमुदायको भेष भुषमा महोत्सव अवलोकन गर्न आउनेहरुलाई निःशुल्क प्रवेश दिन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् आठौ नवलपुर महोत्सव २०८१ मुल आयोजक समिति संयोजक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार उद्योग वाणिज्य संघले महोत्सव मार्फत विभिन्न जातजातिको भाषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने भएकोले फागुन १५ गते मगर एकता दिवसको अवसरमा मगर भेषभुसामा सजिएर महोत्सव अवलोकन गर्न आउने दर्शक मानुभावहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको वताउनुभयो ।
आठौ नवलपुर महोत्सव फागुन १७ गते सम्म कावासोती १६ डण्डामा संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस