आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) तनहुँमा ममता


  • समाचार कुञ्ज
  • २०८१ फागुन २७, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • दुलेगौंडा, २७ फागुन ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ । सोमबार दुलेगौडामा सम्पन्न फोनिज तनहुँ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।यस्तै फोनिज तनहुँको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा नुक्त भुजेल, सहसचिवमा करिश्मा गुरुङ, सदस्यहरुमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र राम बहादुर धामि चयन भएका छन्।फोनिजको केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्क बहादुर आले चयन भएका छन् । फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा फोनिजका केन्द्रीय सदस्य मिला दरै प्रमुख अतिथि रहेकी थिइन् । त्यस्तै कार्यक्रममा पÞmोनिज तनहुँका पूर्वअध्यक्ष प्रताप रानाको पनि उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट