
समाचार कुञ्ज पुर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाले नगरबासीहरूको सुविधालाई ध्यानमा राख्दै साझा बस सेवा सञ्चालनमा ल्याएको छ। मध्यबिन्दु नगरपालिका-१५ हर्राबस्टारदेखि भरतपुरसम्म दैनिक बस सञ्चालन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिए।
उक्त बस प्रत्येक बिहान ७ बजे हर्राबस्टारबाट छुट्नेछ भने दिउँसो २ बजे भरतपुरबाट फर्कने कार्यतालिका रहेको छ। नगरपालिकाले यातायात सेवा विस्तार गर्दै नगरवासीलाई सहज आवागमनको सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।
नगरपालिकाले साझा बस सेवा सञ्चालन गरेसँगै नगरबासीलाई आर्थिक रूपमा सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस