आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघका आलेको प्यानलै विजयी 


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ६, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ५ पाठक संख्या
  • दमौली ,चैत । तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।
    आदिकवि भानुभक्त क्याम्पसमा अनुप आलेको प्यानल विजयी भएको हो ।आलेले ५ सय ५  मत पाएका छन् भने सचिवमा सागर पाण्डेले ४ सय ७१ मत र कोषाध्यक्षमा रोशन ओझाले ४ सय ७९ मत पाएका छन् ।आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनले निर्वाचन बहिष्कार गरेका थिए । त्यस्तै बहिष्कार गरेका अखिल क्रान्तिकारी निर्दोष भट्राईले २८ र अनेरास्ववियूका सविन लामिछानेले ३ मत पाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट