आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कावासोती १३ मा दस दिने डिजिटल उद्यमशीलता तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ९, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ७ पाठक संख्या
  • तिर्थराज काफ्ले, कावासोती — प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नं. १३ को समन्वयमा सञ्चालन भएको १० दिने डिजिटल उद्यमशीलता तालिम भव्य रूपमा सम्पन्न भएको छ।

    क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षता तथा वडा नं. १३ का वडा अध्यक्ष लाल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम आयोजना गरिएको थियो।

    प्रमुख अतिथि गुरुङले प्रविधिमैत्री समाज निर्माण गर्न यस्ता तालिम महत्त्वपूर्ण हुने बताउँदै युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्न आगामी दिनमा वडा कार्यालयको कार्ययोजनामा यस्ता कार्यक्रम समेट्ने प्रतिबद्धता व्यक्त गरे।

    तालिममा ओरेकल एजुकेसन इन्स्टिट्युटका कम्प्युटर प्रशिक्षक अनिश पौडेलले सहजीकरण गरेका थिए। उनले प्रविधिको सही उपयोगले युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै, डिजिटल उद्यमशीलता अहिलेको आवश्यकता भएको धारणा राखे।

    तालिममा डिजिटल उद्यमशीलताको आधारभूत ज्ञान, प्रविधिको उपयोग, अनलाइन व्यवसाय प्रवर्द्धन, तथा डिजिटल मार्केटिङ जस्ता विषयमा प्रशिक्षण दिइएको आयोजकले जानकारी दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट