आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

अस्कल क्याम्पसमा अनेरास्ववियुका विश्राम शर्माको प्यानल विजयी


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १०, आईतबार मा प्रकाशित ११ महिना अघि
  • १० पाठक संख्या
  • काठमाडौं  १० चैत्र
    काठमाडौंको अमृत साइन्स ९अस्कल० क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को प्यानल विजयी भएको छ। नेविसंघका राजु मास्टर ९लामिछाने० र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो । अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल, सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् । यस्तै सदस्यहरुमा गोकर्ण साउद, सिजन पन्त, साधना सिग्देल, गणेश शाही, प्रशन्न चिलुवाल, ग्रिस्मा पन्त र विनय ढकाल विजयी भएका हुन् । १ हजार ९ सय ४८ मतदाता रहेकोमा आइतबार बिहान भएको निर्वाचनमा १ हजार २ सय ९१ जना मतदाता सहभागी थिए। इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानमा ३२६ मतान्तरले अनेरास्ववियुको प्यानलले नै विजय हासिल गरेको हो । अस्कलमा यसअघिको निर्वाचनमा अखिल क्रान्तिकारीले जितेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट