आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

तीनकुने क्षेत्र अशान्त–घरमा आगलागी


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ४ पाठक संख्या
  • शुक्रबार, १५ चैत २०८१, 
    काठमाडौँ । 

    राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ ।  दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो । 

    प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे । 

    यसैबिच तीनकुने क्षेत्रको एक घरमा आगलागी भएको छ । प्रदर्शनकारीले प्रदर्शन र ढुंगामुढा गरिरहेकै बेला आगलागी भएको हो । आगलागी आफैँ भएको हो या आन्दोलनकारी गरेको आगलागी गरेको हो भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

    अहिले आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेको छ ।  प्रत्यक्षदर्शीले आगलागी हुनुअघि भने उक्त घरमा ढुंगामुढा भएको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट