आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिँदैन : सह – सचिव राम कृष्ण श्रेष्ठ


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २०, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सह – सचिव राम कृष्ण श्रेष्ठले भूमिसँग सम्बन्धित कुरालाई सम्बोधन नगरे देशमा खाद्य सुरक्षाको सुनिश्चितता नरहने बताएका छन् । कृषि नीति २०८१ को मस्यौदा माथि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले खेतीयोग्य जमिन नभएको र भएकाको वर्गीकरण हुन नसकेको बताएका हुन् । श्रेष्ठले भने,‘हामी जबसम्म भूमिसँग सम्बन्धित कुरालाई सम्बोधन गर्दैनौ यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिँदैन । भूमि व्यवस्था मन्त्रालयले अहिले पालिकाहरूमा खेतीयोग्य जमिन कति छ भन्दा योग्य भूमि छैन भन्ने आयो । सबै पालिकाहरूमा भू – उपयोगको नक्सा तयार भए पनि वर्गीकरण भएका छैनन् ।’ श्रेष्ठले कृषिमा उचित बजेट विनियोजन गरी पर्यावरणीय कृषिमा ध्यान दिनुपर्ने बताए । ‘हाम्रो प्राकृतिक स्रोत, माटो, पर्यावरण नै हो । यसको विकल्प छैन । पर्यावरणीय कृषिमा ध्यान नदिँदा किसानहरू आफ्नो थाकथलोबाट विस्थापित हुनु परेको छ’, श्रेष्ठले भने । 

    त्यसैगरी, खाद्यका लागि कृषि अभियानका अभियन्ता उद्धव अधिकारी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयनमा जाँदा खर्च बढी हुने भन्दै  कार्यान्वयनमा नगइदिए हुने बताए । ‘हाम्रो चालु आर्थिक वर्षको बजेट लगभग १८ खर्ब र त्यसलाई संशोधन गरेर १६ / १७ मा ल्याएको जस्तो लाग्छ त्यसभित्र झन्डै ४ खर्ब सामाजिक क्षेत्रमा अर्का ४ खर्ब विदेशी ऋणहरूमा खर्च गर्न पर्ने अवस्था छ यसले कृषिमा लगानी थपिने देखिँदैन । हामीले कृषिमा व्यवसायीकरण, औद्योगीकरणको कुरा गर्दा स्रोत अभाव कै कारण खाद्य सम्प्रभुता ऐन बनिरहेको छ । त्यो ऐन कार्यान्वयनको सवालमा सबैको मुटु काँपिरहेको छ । यसले खर्च बढाउँछ त्यो कार्यान्वयनमा नगइदिए हुन्थ्यो भन्ने सरकारी संयन्त्रमा देखिन्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट