आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

दमौलीमा सांगितिक साँझ हुने


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २३, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • दुलेगौँडा । 
    जिल्लामा पर्यटकीय गतिविधिलाई चलायमान बनाउन दमौलीमा नयाँ बर्ष सांगितिक साँझ आयोजना  गरिने भएको छ । होटल ब्यवसायी संघ तनहुँले नेपाली नयाँ बर्षलाई विशेष बनाउन र पर्यटकलाई जिल्लामै रोकेर मनोरञ्जन दिने उदेश्यले यही चैत्र ३१ गते साँगितिक साँझ आयोजना निर्णय गरेको अध्यक्ष गिरीबहादुर थापाले बताए  । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरि संघले राष्ट्रिय र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती समेटिने गरि साँगितिक साँझ आयोजना गर्ने तयारी गरेको जनाएको छ । 
    पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नेपाली नयाँ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । भट्टराईले कार्यक्रममा ¥यापर बुद्ध लामा, विवेक लामा, मन्जु सेन्ताङ र डिजे मिनी दुरा सहित तनहुँका सञ्जिवसिं राना, सुभद्रा श्रेष्ठ लगायतको प्रस्तुती समेट्ने बताए । 
    संघका अध्यक्ष थापाले आफुहरुको बार्षिक कार्यक्रम भएकाले निरन्तरता दिएको दावि गर्दै साँगितिक साँझमा तनहुँका रैथाने र स्थानीय खानाका परिकारहरु समेत प्रदर्शनी र विक्री गरिने बताए । ‘हाम्रो जिल्लाबासी जोखिम मोलेर नयाँ बर्ष मनाउन अन्य शहरमा जान नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’ थापाले भने । 
    दमौली स्थित अनसन चौतारीमा आयोजना गरिने साँगितिक साँझ सञ्चालनका लागि रु ६ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रम विहान १० बजेदेखि सुरु गरेर राति नयाँ बर्षलाई स्वागत सहित समापन गरिने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट