आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

महाधिवेशन तोकिएको समयमा हुन्छ :महामन्त्री थापा


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ५ पाठक संख्या
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको महाधिवेशन तोकिएको समयमा हुने दावि गर्नुभएको छ । नेपाल तरुणले आयोजनको गरेको एक कार्यक्रममा सहभागि हुने सोमबार तनहुँको दमौलीमा आउनुभएका थापाले पार्टीको महाधिवेशन पछि सार्न कानुनले नदिने भएकाले २०८४ साल अघि नै हुने बताउनुभयो । उहाँले महाधिवेशनको मिति सार्न विभिन्न बहाना खोजिएको समेत बताउनुभयो ।  

    ‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ उहाँले भन्नुभयो, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ।’ नेपाली कांग्रेसको अधिवेशन सार्न पाइदैन, कांग्रेस अर्को पार्टी संग मिलेर नयाँ पार्टी बनाउन पाइयो तर कांग्रेस पार्टीको अधिवेशन सार्न नपाइने महामन्त्री थापाले बताउनुभयो ।‘महाधिवेशन समय मै गर्न सबै नेताले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर क्रियाशील सदस्य रिन्यु गराइदिए पुग्छ ।’ महामन्त्री थापाले भन्नुभयो ’क्रियाशील रिन्युको काम यहि चैत मसान्त भित्र पठाउनुपर्नेछ ।’

    पार्टीको महाधिवेशन २०८३ सालको मङ्सिर भित्र नै हुने महामन्त्री थापाको भनाई थियो । ‘कांग्रेसले अरु पार्टी संग मिसाएर महाधिवेशन धकेल्छु भन्ने हो भने कांग्रेसको झण्डा र चुनाव चिन्ह लिन पाइन्न ।’ महामन्त्री थापाले भन्नुभयो ‘महाधिवेशन समयमै हुनुपर्छ ।’ 

    २०८४ सालको वैशाखमा स्थानीय तहको चुनाव हुने भएकाले जति सक्दो चाडो अधिवेशन गर्नुपर्ने महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो ’अधिवेशनको तुष स्थानीय निर्वाचन नरहोस भन्ने हो ।’  यतिबेला पार्टी भित्र वृहतर एकता आवश्यकता रहेको महामन्त्री थापाले बताउनुभयो । संघीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट