आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मर्मतकालागि शुक्लागण्डकीसहित विभिन्न पालिकामा  भोली र पर्सि दिनभर विद्युत बन्द गरिने


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २७, बुधबार मा प्रकाशित १0 महिना अघि
  • ६ पाठक संख्या
  • दुलेगौंडा, २७ चैत  ।
    शुक्लागण्डकीको खैरेनीटार सवस्टेसनबाट वितरण हुदै आएका स्थानहरुमा विहिवार र शुक्रवार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत बन्द हुने छ । 
    दमौली–भरतपुर १३२ के.भि. लाईनको स्तरोन्नतीको लागिकोलागि दमौली सवस्टेसनमा दमौली–खैरेनीटार ३३ के.भि. लाइन बन्द गरि कार्य गर्नुपर्ने भएकाले विद्युत बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनीयर राजकुमार रमणले जानकारी दिए । उनका अनुसार तोकिएको समय अगाडी काम सम्पन्न भएमा सो अवधि अगावै विद्युत सुचारु हुने छ । 
    खैरेनीटार सवस्टेसन बाट हाल तनहुँ निर्वाचन क्षेत्र नं. २ क, ख र नवलपुर निर्वाचन क्षेत्र नं. २ क का उपभोक्तामाझ विद्युत वितरण भइरहेको छ । सो क्षेत्र अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकाका केहि वडाहरुमा पर्दछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट