आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

देवचुलीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २९, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ६ पाठक संख्या
  • देवचुली । देवचुली १४ क्रिस होटल अगाडी भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । आज बिहान सवा ९ बजेतिर क्रिस होटल अगाडी पूर्व-पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ३५३४ नम्बरको ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको लु २ ख ६४३३ नम्बरको बसले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ग.प्र.०४-००१ प २२८२ नम्बरको मोटरसाइकल बसमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाबाट मोटरसाइकलमा सवार रहेका देवचुली १ निवासी वर्ष २९ का विशाल अर्जेल, देवचुली १ निवासी वर्ष ३२ की करिश्मा तिवारी र बसका सहचालक पाल्पा घर भएका वर्ष ३२ का रमेश रानाभाट घाइते भएका हुन् । घाइतेमध्ये अर्जेल र तिवारीको अवस्था मध्यम रहेको र बस सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको र तीनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट