
समाचार कुञ्ज भिमाद नगरपालिकाका संस्थापक नगरप्रमुख मेख बहादुर थापाको किस्ट शिक्षण अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको छ ।
कलेजो रोगबाट पिडित थापाको सोमवार निधन भएको हो । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनकी धर्मपत्नीको भोविमाया थापाको गत फागुन २३ गते मिर्गौला समस्याबाटै मृत्यु भएको थियो । पत्नी गुमाएको डेढ महिनापश्चात् मेख बहादुरको पनि निधन भएको छ । स्व. मेख बहादुरको अन्तिम संस्कार मंगलवार गर्ने तयारी गरिएको छ ।
थापाको निधनप्रति नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले दुख व्यक्त गरेका छन् । गुरुङले पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य रहेका थापाको अकल्पनीय असामयिक निधनको खबरले स्तब्ध तुल्याएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस