आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कप्तान र उपकप्तान चयनका लागि नेपाल माविमा निर्वाचन


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २७, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ६ पाठक संख्या
  • देवचुली । देवचुली १ मा रहेको नेपाल माविमा निर्वाचन मार्फत कप्तान र उपकप्तान चयन गरिएको छ । शुक्रबार भएको निर्वाचनबाट कप्तानमा विनिमाया लुंगेली र उपकप्तानमा डोलराज लुंगेली विजयी भएका हुन् ।विद्यार्थीलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचनको जस्तै गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरि सबै प्रक्रिया पुरा गरी निर्वाचन अधिकृतको कार्यालय, मतदाताको नामावली रुजु गर्ने निर्वाचन अधिकारीहरु, मतपेटिका, गोप्य मतदान गर्ने स्थान, मत गणना प्रकिया तथा स्थल लगायतको संरचना तयार गरी राष्ट्रिय निर्वाचन कै स्वरुपमा निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न निर्वाचन आयोजना गरिएको हो ।निर्वाचनका लागि प्रतिस्पर्धा रहेका ६ जना मध्ये सर्वाधिक मत ल्याउने मध्येबाट कप्तान र उपकप्तान चयन गरिएको निर्वाचन अधिकृत शशिकुमार लम्सालले जानकारी दिनुभयो । कप्तान र उपकप्तान प्रतिष्पर्धाका लागि ६ जना उम्मेदवार रहेका र कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले मतदान गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट