आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला।


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २८, आईतबार मा प्रकाशित ९ महिना अघि
  • ९ पाठक संख्या
  • वैशाख २७ अन्जान परियार, घिरिङ।
    घिरिङको कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी २ दिने कार्यशाला संचालन भएको छ। शिक्षण सिकाईमा सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक कुराको शिक्षण गर्न सहज हुने उद्देश्यले आयोजना गरेको सो कार्यक्रममा घिरिङ गाउँपालिका भित्र रहेका ७ वटा माध्यमिक विद्यालयका आधारभूत तहमा अध्यापनरत शिक्षकहरू र वडा नम्बर १ का सबै विद्यालयका गरी ३० जना शिक्षकहरू सहभागी भएका थिए।

    घिरिङ गाउँपालिकाको वडा नम्बर १ पुटार स्थित कृष्ण माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन भएको कार्यक्रमको शुक्रबार गाउँपालिका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका हुन्। अध्यक्ष थापाले कार्यक्रमको उद्घाटन गर्दै शिक्षण सिकाई लाई सरल, सहज र प्रभावकारी बनाई शैक्षिक गुणस्तर वृद्धि गर्न शैक्षिक सामग्रीको महत्व हुने बताए। शैक्षिक सामग्री बिनाको शिक्षण भनेको "हतियार बिनाको शिकार गर्नु जस्तै हो" अध्यक्ष थापाले भने, कक्षा शिक्षणलाई प्रभावकारी बनाउन स्थानीय सामग्रीको प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्ने कार्यशाला आयोजना गरी उदाहरणीय कार्य गरेकोमा कृष्ण माध्यमिक विद्यालयलाई धन्यवाद ज्ञापन गरे।

    यसैगरी  विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष ध्रुवराज सिग्देलले "सुनेको बिर्सिन्छ, देखेको सम्झिन्छ, गरेको जानिन्छ" भन्ने भनाई अनुसार विषय वस्तुलाई प्रभावकारी ढङ्ग बाट अध्यापन गर्न शैक्षिक सामग्री आवश्यक रहेको हुँदा विज्ञ प्रशिक्षक द्वारा सामग्री निर्माण गर्ने तरिका सिकाइएको बताए। सो तालिमको प्रशिक्षकको रूपमा मेनुका थापा र मुना थापा रहेका थिए। 

    कार्यक्रममा १ नं का वडा अध्यक्ष रविचन्द्र घोरासिनी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घिमिरेले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विवेक आचार्यले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक शिवभक्त सिग्देलले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट