आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २९, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • बैशाख २९

    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर -१ मा रहेको सरास्वती आधारभुत विद्यालयका शिक्षकले विद्यालयमा नै विद्यार्थीको कपाल काटिदिन थालेका छन् । विद्यार्थीले गाउँमा समयमा कपाल काट्न नपाएपछि विद्यालयका सहायक प्रधानाध्यापक सुन्दर अधिकारीले विद्यार्थीहरूको विद्यालयमा  नै कपाल काटिदिन थालेका हुन् ।

    गाउँमा कपाल काट्ने मान्छे नहुँदा विद्यार्थीहरु कपाल काट्न शहर जानुपर्ने बाध्यता थियो । यसरी विद्यालयमा नै पहिलो पटक कपाल काट्ने थालिएको हो । विद्यालयमा शिक्षकहरूले  कपाल काट्ने तालिम नलिएता पनि आफुले जानेको सिप विद्यालयमा नै विद्यार्थीहरुको कपाल निःशुल्क काटिदिने विद्यालयका प्रधानाध्यापकले शेरजन मास्किले   बताए । ‘सबै विद्यार्थीहरुको अब एउटै स्टाइलमा कपाल काटिनेछ’ प्रधानाध्यापक मास्किले  भने ‘सबै विद्यार्थीहरुको  विद्यालयले कपाल काट्नका लागि व्यवस्था गरेको छ । 

    लामो कपाल हुँदा विद्यार्थीलाई असहज हुने र सरसफाइ पनि नहुने भएकाले यस्तो कार्यको सुरुवात गरिएको उनले बताए। यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा विद्यालय प्रशासन रहेको प्रअ मास्किले  जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट