आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

चोरमाराको पुलमा समस्या, यातायात प्रभावित


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २९, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ६ पाठक संख्या
  • प्रिय धन, मध्यविन्दु, २९ बैशाख २०८२ । 
     पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–७ र ८ लाई जोड्ने गिरुवारी खोलाको चोरमारास्थित पुलमा समस्या देखिएपछि यातायात प्रभावित भएको छ। पुलमा फेरि समस्या देखिएसँगै यातायात एकतर्फी सञ्चालन गर्ने तयारी थालिएको छ।

    झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो। हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका छन् भने ठूला सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ। पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न यातायातलाई एकतर्फी बनाउने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

    प्रहरीले यात्रु र चालकहरूलाई सजग रहन आग्रह गरेको छ। पुल पूर्ण रूपमा बन्द नभए पनि अन्य कुनै वैकल्पिक मार्ग नरहेको हुँदा अहिलेका लागि यात्रुलाई केही समय धैर्य गर्न र सवारी साधन सचेत ढंगले चलाउन अनुरोध गरिएको छ।

    स्थानीयबासीले पुलको तत्काल मर्मत आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट