आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

गडार खोलामा ना ८ ख ४४५६ नम्बरको ट्रक पल्टियो, बाइपास मार्गमा सवारी जोखिमपूर्ण


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • प्रिय धन  नवलपुर — नवलपुरको मध्यविन्दु नगरपालिका–१५ मा पर्ने गडार खोलामा ना ८ ख ४४५६ नम्बरको ट्रक सोमबार साँझ ७:३० तिर दुर्घटनामा परेको छ। चोरमाराको गिरुवारी खोलाको पुल चर्किएपछि सो क्षेत्रमा सवारी साधन बाइपास मार्ग हुँदै गडार खोलातर्फ डाइभर्ट गरिएको थियो।

    उक्त बाइपास प्रयोग गरिरहेको अवस्थामा ट्रक खोलामा पल्टिएको हो। घटनास्थलमा ट्रक पल्टिँदा मानवीय क्षति भएको विवरण आएको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

    स्थानीयवासीका अनुसार खोलामा हाल सवारी चल्न जोखिमपूर्ण देखिएको छ तर वैकल्पिक मार्गको अभावमा जोखिम मोलेरै गाडीहरू सञ्चालन भइरहेका छन्।

    सुरक्षाको दृष्टिले सम्बन्धित निकायले तत्काल वैकल्पिक व्यवस्था मिलाउनुपर्ने स्थानीयको माग छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट